मंगलवार, आश्विन १३,२०८३ 07:13:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:13:20
Bizshala
Global IME Bank Limited

१६ बैंक तथा वित्तीय संस्थाले गरे लाभांश घोषणा, कुनको कति ?

Bizshala
१६ बैंक तथा वित्तीय संस्थाले गरे लाभांश घोषणा, कुनको कति ?
New Office

काठमाण्डौं । लाभांश सिजन सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लगानीकर्ताहरुलाई निरन्तर लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु पर्दछन् ।  

हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगातार आफ्ना सेयरधनीहरुलाई लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु अगाडी छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंक तथा वित्तीय संस्थाले प्रत्येक आवको मुनाफाबाट केही प्रतिशत भएपनि लाभांश वितरण गर्ने भएकाले सेयरबजारमा बैंक तथा वित्तीय संस्थाको स्टकमा लगानीकर्ताको आकर्षण देखिन्छ ।  

यसर्थ बैंक तथा वित्तीय समूहको धितोपत्र बजार पुँजीकरणमा समेत हिस्सा ठूलो रहेको छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक, १५ वटा विकास बैंक, १५ वित्त कम्पनी र ४४ वटा लघुवित्त संस्थाहरु गरी कुल ९३ बैंक तथा वित्तीय संस्थाहरु सूचीकृत छन् ।  

तर हालसम्म भने जम्मा १६ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ७ वटा वाणिज्य बैंक, एक विकास बैंक र ८ वटा लघुवित्त संस्था छन् । वित्त समूहबाट हालसम्म कुनै पनि संस्थाले लाभांश प्रस्ताव गरेका छैनन् ।  

विशेषगरी नेप्सेमा ठूला कम्पनीको वर्गमा गनिने वाणिज्य बैंकहरुले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वा नगद लाभांश भएपनि दिने गरेका छन् । बैंकको तुलनामा वित्तीय संस्थाहरुले गत आवमा अधिकांशले सेयरधनीहरुको हात रित्तो बनाएका थिए । यसकारण पनि दोस्रो बजारमा दीर्घकालिन लगानीका लागि वाणिज्य बैंकहरुको सेयर खरिद गर्दा उचित हुने लगानीकर्ताहरुको धारणा छ ।  

अझैपनि १२ वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ भने विकास बैंकतर्फ १४ वटा बैंकको लाभांश घोषणा हुन बाँकी छ । साथै वित्त समुहतर्फ सबै कम्पनीको लाभांश घोषणा हुन बाँकी छ भने लघुवित्त संस्था समूहतर्फबाट ३६ वटा संस्थाको लाभांश घोषणा हुन बाँकी नै छ ।  

अझैपनि दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्दा लाभांश पाउन सक्ने सम्भावना रहेको छ ।  

वाणिज्य बैंकतर्फ सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मात्रै हालसम्म लाभांश घोषणा गरेका छन् । विकास बैंकतर्फ कामना सेवा विकास बैंक र लघुवित्त समूहतर्फ फरवार्ड माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त, आशा लघुवित्त, गुराँस लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, नेशनल लघुवित्त, सर्पोट लघुवित्त र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।  

लाभांश घोषणा गरेका कुल १६ वटा बैंक तथा वित्तीय संस्थामध्ये ७ वटा संस्थाको लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज भइसकेको छ भने ९ वटा बैंक तथा वित्तीय संस्थाको बुकक्लोज हुन बाँकी नै छ । यसर्थ ९ बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्दा अझ पनि लाभांश पाउन सकिनेछ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.