काठमाण्डौ । अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन गरेको छ। कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गूले उद्घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत गरेका थिए।चौधरी ग्रुपका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाका बारे चर्चा पनि गरेका थिए।
यो फ्ल्यागशिप शोरूमको उद्घाटन र जी ६ ‘अल्ट्रा स्मार्ट कपल एसयुभी’ मोडलको लञ्चसँगै एक्सपेंगले अग्रेणी ब्रान्ड बन्ने लक्ष्य लिएको जनाएको छ ।
यसै उद्घाटन कार्यक्रममा सीजी एमले पहिलो चराणका ग्राहकहरूलाई २५ वटा जी ६ गाडीहरू हस्तान्तरण पनि गरेको छ।
जी ६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षापरीक्षण एनक्यापमा ५ स्टार रेटिंग प्राप्त छ।
यसका साथै ,एक्सपेंग जी ६ मा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ प्रणाली समावेश छ।यसको मोटर पावर र टर्क क्रमशः१९० किलोवाटर ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ । जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                