शनिबार, फाल्गुन १०,२०८१ 07:30:52
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:30:52
IME remit
Global IME Bank Limited

ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

Hyundai Nepal
ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिटमा आफ्नो ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ नामक रणनीति सार्वजनिक गरेको छ ।  

२८ देशका सय भन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा यो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक भएको हो । नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा सर्भिस चेन जोड्ने ह्युमन मेसिन(लाइफ इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेको छ । यो इकोसिस्टम दुई अत्याधुनिक सर्भिस रोबोटहरूद्वारा सञ्चालित छ । जसमा (बायोनिक ह्युमनोइड मोर्निन र क्वाड्रपेड(चारखुट्टे) फेमिलि रोबोट अर्गोस पर्दछन् ।

युजर समिटमा, ओमोडा एन्ड जेइकोले आफ्नो प्रयोगकर्ता केन्द्रित विकास दृष्टिकोणद्वारा सञ्चालित नयाँ एआइ उत्पादन तथा आविष्कारहरू प्रदर्शन गरेको छ । जसअन्तर्गत व्यावसायिक क्षेत्र र घरायसी प्रयोजनमा मान जीवन सरल र परिष्कृत बनाउने अत्याधुनिक रोबोटहरू छन् । 

यी रोबोटहरू विश्वव्यापी रूपमा बदलिँदो मानव जीवनलाई ध्यानमा राखी डिजाइन गरिएको हो । यी रोबोटहरूले विकसित क्षेत्रहरूमा वयोवृद्ध जनसङ्ख्याको स्वास्थ्य हेरचाह तथा साथको आवश्यक्तालाई सम्बोधन गर्दछन् भने, विकासशील क्षेत्रहरूमा युवा जनसांख्यिकीलाई अन्तरक्रियात्मक शिक्षा तथा मनोरञ्जनात्मक पक्षहरूमा साथ दिन्छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

मोर्निन र अर्गोस रोबोटहरूमा व्यापक अनुसन्धानको साथ उत्कृष्ट हार्डवेयर(सफ्टवेयर सन्तुलन सुनिश्चित गरिएको छ जसबाट निरन्तर सन्तुलित हार्डवेयर र बौद्धिक अन्तरक्रिया सम्भव हुन्छ । यी रोबोटहरूमा ‘एडभान्स्ड ल्याङ्ग्वेज मोडल’ र ‘कन्ट्रोल एल्गोरिदम’हरू समावेश छन् जसले गर्दा व्यावसायिक र घरेलु दुवै क्षेत्रहरूमा प्रयोग गर्दा परिष्कृत र बहुमुखी अन्तरक्रियाको अनुभव सुनिश्चित हुन्छ ।

व्यावसायिक प्रयोग उदाहरणका रूपमा, मोर्निन रोबोटले कार डिलरसिपमा स्मार्ट सहायकको रूपमा काम गर्न सक्छ । यस रोबोटले ग्राहकको स्वागत, प्रोडक्ट डेमो, र जिज्ञासा तथा अरू कुरामा सहयोग आदि गरी एकातिर ग्राहकको उत्कृष्ट सेवा(अनुभवलाई कायम राख्दछ भने अर्कोतिर डिलरको लेबर लागत घटाउन मद्दत गर्दछ । यसबाहेक मोर्निन रोबोटले खुद्रा बिक्री, अतिथि सत्कारलगायत विभिन्न क्षेत्रहरूमा विषयअनुसार छुट्टाछुट्टै विशिष्ट सेवा(सुविधाहरू प्रदान गर्ने क्षमता राख्दछ ।

घरायसी प्रयोजनको लागि, मोर्निन रोबोटले घरको सामान्य कामधन्दा, रिमोट गाडी नियन्त्रण, मनोरञ्जन, स्वास्थ्य मनिटरिङ गर्ने तथा परिवारका वृद्ध सदस्यहरूलाई साथीको रूपमा सेवा गर्न सक्छ ।  

त्यसैगरी, अर्गोस रोबोटले बालबालिका र किशोरकिशोरीहरूका लागि खेलकुदको क्षेत्रमा सहयोग तथा भावनात्मक अन्तरक्रियाहरू गर्दै बालविकासमा सहयोग गर्ने महत्वपूर्ण साथीको रूपमा भूमिका खेल्न सक्दछ ।

ओमोडा एन्ड जेइकोको यो नयाँ रणनीतिले सर्भिस रोबोटलाई टुल्सको रूपमा मात्र नभई विविध पारिवारिक आवश्यकताको लागि एक साथीको रूपमा परिकल्पना गर्दछ । आजका विभिन्न आवश्यकताहरू पूरा तथा प्रोडक्टहरूबीचको सहकार्यलाई बढावा दिँदै, ब्रान्डले रोबोटिक्स प्रविधिमा नयाँ विकास तथा आविष्कार गरिरहेको छ । यसबाट प्रविधिमा लागत अनुकुलित हुनुका साथै ‘इन्टेलिजेन्ट सर्भिस’हरूको व्यापक प्रयोगको प्रवर्द्धन हुन्छ । यस नयाँ इकोसिस्टमले सर्भिस रोबोट उद्योगको वृद्धिमा योगदान पुर्यारउनेछ र संसारभरका घरपरिवारहरूमा नवीनतम ‘इन्टेलिजेन्ट सोलुसन्स’ पुर्याउन अहम भूमिका खेल्नेछ ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल को। लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.