बुधबार, भाद्र २५,२०८२ 10:31:53
  • बुधबार, भाद्र २५,२०८२ 10:31:53
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु’ क्याण्डल,मनी फ्लो इन्डेक्समा पनि बजार सुधार हुँदै

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु’ क्याण्डल,मनी फ्लो इन्डेक्समा पनि बजार सुधार हुँदै

काठमाण्डौ । चाडपर्व पछि खुलेको बजारको पहिलो कारोबारमा बजारले गतिलो बाउन्स ब्याक दिएको छ । आज बजार ६२ अंकले बढ्दा कारोबार पनि २ महिना पछिकै उच्च भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट  नियाल्दा मध्य ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ  ।

आज बनेको क्याण्डलले यसअघि बनेका १२ वटा क्याण्डललाई पूरै ढाकेको छ । यसले बजार स्ट्रङ बुलिस बनेको देखिन्छ । आजको कारोबार र भोल्युमले बजार तीव्र गतिमा अगाडि बढ्ने संकेत गरेको छ । तर यसको लागि बजारले अब अपर ब्याण्डसँग हिड्नु पर्ने हुन्छ । म्याक्डीमा बजारमा यसअघि नै बुलिस क्रसओभ बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा लामा हुँदै गएका छन् । आरएसआई पनि करिब ओभर बट जोनमा पुगेर आज ६० को तहमा पुगको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मनी फ्लो इन्डेक्सबाट बजारलाई नियाल्दा आज यसमा पनि सुधार आएको छ । बोलिङ्गर ब्याण्ड साँघुरिएको छ । यी सबै इन्डिकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ । डाउ थेउरीमा बजारले हायर लो कन्फर्मेसन गरेको छ । पिभट् मार्फत नियाल्दा बजारले पहिलो प्रतिरोध २८०२ , दोस्रो प्रतिरोध २९२७ , तेस्रो प्रतिरोध ३०७३ मा लिन सक्छ । त्यसै गरि क्रमश ः २६५६, २६०० र २५३१ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.