मंगलवार, चैत्र १९,२०८१ 11:40:05
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:40:05
IME remit
Global IME Bank Limited

विद्युत उत्पादनमा कमी आउदा अपर स्याङ्गे हाईड्रोको घाटा बढ्यो, रिजर्भ पनि १०.३६ करोडले ऋणात्मक

Hyundai Nepal
विद्युत उत्पादनमा कमी आउदा अपर स्याङ्गे हाईड्रोको घाटा बढ्यो, रिजर्भ पनि १०.३६ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । विद्युत उत्पादनमा कमी आई आम्दानी घट्दा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको घाटा बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  

अघिल्लो आवको समेही अवधिसम्म भने कम्पनीको घाटा १ करोड १७ लाख रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ विद्युत बिक्रीमार्फत आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.९२ प्रतिशतले कम हो ।  

Shivam Cement
Bizshala
CG Motors

यस अवधिमा हाईड्रोपावर परियोजनामा नियमित मर्मत तथा सम्भार कार्य केही ढिला हुन गई विद्युत उत्पादनमा कमी आएका कारण विद्युत आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ ।  

कम्पनीको कर्मचारी खर्च १९ लाख ११ हजार रुपैयाँबाट घटेर २३ लाख ७२ हजार रुपैयाँ र प्रशासनिक खर्च १० लाख ९३ हजार रुपैयाँबाट बढेर २३ लाख २४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि १० करोड ३६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले यो अवधिसम्म ३४ करोड २ लाख रुपैयाँ दीर्घकालिन र ४ करोड २४ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५२.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३९.०९ रुपैयाँ र तरलता अनुपात ३९.२२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.