मंगलवार, चैत्र १९,२०८१ 11:08:09
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:08:09
IME remit
Global IME Bank Limited

बीमाशुल्क आर्जनसँगै बढ्यो प्रभु महालक्ष्मी लाइफको खुद नाफा

Hyundai Nepal
बीमाशुल्क आर्जनसँगै बढ्यो प्रभु महालक्ष्मी लाइफको खुद नाफा
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा र खुद बीमाशुल्क आर्जन बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म  १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यसरी कम्पनीको खुद नाफा २५.७३ प्रतिशतले बढेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ४.१८ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्ममा १ अर्ब १२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीले अन्य प्रत्यक्ष आम्दानी स्वरुप ५९ लाख १९ हजार ,लगानी तथा कर्जा आम्दानीमार्फत ३० करोड ४४ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड १७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कुल आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १५ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले १ अर्ब २ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो ।  

पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ९ करोड ६९ लाख र रिटेन्ड अर्निङ ६२ करोड २५ लाख रुपैयाँबराबर रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी १०.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६६.८२ रुपैयाँ र पीई अनुपात ५३.५५ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.