बुधबार, भाद्र २५,२०८२ 10:31:53
  • बुधबार, भाद्र २५,२०८२ 10:31:53
Global IME Bank Limited

साहस उर्जाद्वारा ४० करोड बढी खुद नाफा आर्जन, ईपीएस ४५.७४ रुपैयाँ

Hyundai Nepal
साहस उर्जाद्वारा ४० करोड बढी खुद नाफा आर्जन, ईपीएस ४५.७४ रुपैयाँ

काठमाण्डौ । साहस उर्जा लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कम्पनीको समग्र वित्तीय अवस्था सन्तोषजनक देखिन्छ । कम्पनीले यो अवधिसम्म ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको तुलनामा १६.०७ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म भने कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने २.९३ प्रतिशतले घट्दै ८६ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च भने २ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड ८३ लाख रुपैयाँ र वित्त खर्च पनि ३२ करोड ८९ लाख रुपैयाँबाट घटेर २३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।  

यो अवधिमा कम्पनीको रिजर्भको आकार २ अर्ब ४९ करोडबाट बढेर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४५.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.४५ रुपैयाँ, पीई रेसियो १०.६० गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.