मंगलवार, चैत्र १९,२०८१ 11:15:12
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:15:12
IME remit
Global IME Bank Limited

न्यादी हाईड्रोपावरले ७७.५४% ले घटायो घाटा, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
न्यादी हाईड्रोपावरले ७७.५४% ले घटायो घाटा, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड ७७.५४ प्रतिशतले घाटा कम गर्न सफल भएको छ । यससँगै कम्पनीको खुद घाटा ७५ लाख ७५ हजार रुपैयाँमा खुम्चिएको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।    

यो बीचमा कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १३ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर २१ करोड १९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च ६ करोड ९० लाख रुपैयाँ र प्रशासनिक खर्च ८२ लाख १६ हजार रुपैयाँ रहेको छ ।    

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ३४ लाख र कुल चालु दायित्व ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६०.३९ गुणा र तरलता अनुपात ०.५५ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.