मंगलवार, चैत्र १९,२०८१ 11:27:25
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:27:25
IME remit
Global IME Bank Limited

शिवम् सिमेन्टद्वारा १.२७ करोड खुद नाफा आर्जन, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
शिवम् सिमेन्टद्वारा १.२७ करोड खुद नाफा आर्जन, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो ।  

यद्यपी कम्पनीले बिक्री आम्दानी भने १३.५९ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ कमाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको अन्य आम्दानी भने बढेको छ । अघिलल्लो आवको पहिलो त्रैमाससम्म २ करोड १२ लाख रुपैयाँ रहेको अन्य आम्दानी बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म २४ करोड ५४ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले चालु आवसम्म १८ करोड ९३ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

५ अर्ब २ करोड ७० लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ५३ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २३३.६० रुपैयाँ र तरलता अनुपात १.६५ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.