सोमबार, असार २,२०८२ 02:36:49
  • सोमबार, असार २,२०८२ 02:36:49
Global IME Bank Limited

रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन

Hyundai Nepal
रिडी पावरको आम्दानीमा उछाल आउदा ५.३९ करोड खुद नाफा आर्जन
Nabil Bank Limited

काठमाण्डौ । आम्दानीमा उल्लेख्य वृद्धि हुँदा रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  

कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल १२ करोड १ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १९८.२४ प्रतिशतले बढी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल सञ्चालन खर्च १ करोड १९ लाख रुपैयाँबाट बढेर २ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार भने २१ करोड ४८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १६ करोड रुपैयाँ र कुल चालु दायित्व ४२ करोड ८५ लाख रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.६१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९६.१८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.६८ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.