मंगलवार, चैत्र १९,२०८१ 11:17:33
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:17:33
IME remit
Global IME Bank Limited

शिखर इन्स्योरेन्सको नाफा ११.५२ करोड, कस्तो छ अन्य वित्तीय अवस्था ?

Hyundai Nepal
शिखर इन्स्योरेन्सको नाफा ११.५२ करोड, कस्तो छ अन्य वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा २.५१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्ममा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म २८ करोड २२ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १.५६ प्रतिशतले मात्रै धेरै हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्ममा २७ करोड ७८ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी १ करोड ७ लाख र लगानी तथा कर्जा आम्दानी १० करोड ३० लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कुल आम्दानी ५५ करोड १७ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले १९ करोड ९० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.५४ प्रतिशतले बढी हो ।  

पहिलो त्रैमाससम्म कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड ६६ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो । कम्पनीको महाविपत्ती कोषको आकार १४ करोड ५७ लाख र रिटेन्ड अर्निङ ३५ करोड ६१ लाख रुपैयाँबराबर रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १६.९४ रुपैयाँबाट बढेर १७.३६ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.६२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८९.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.