मंगलवार, चैत्र १९,२०८१ 11:20:02
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:20:02
IME remit
Global IME Bank Limited

माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो,ईपीएस करिब ५४ रुपैयाँ पुग्यो

Hyundai Nepal
माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो,ईपीएस करिब ५४ रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।जसअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो।

Shivam Cement
Bizshala
CG Motors

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो।

कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो।बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदा पनि कम्पनीको खुद नाफा १५.६८ प्रतिशतले बढेको छ।हाल भने ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भई रहेको कम्पनीले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब २६ करोड ३२ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड ८० लाख थियो।कम्पनीले आर्थिक वर्ष २०७९÷८० बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी बढेको हो ।

समीक्षा अवधिसम्म कम्पनीको पतिसेयर आम्दानी (वार्षिकीकरण गरिएको) ५३.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५८.७७ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.