मंगलवार, चैत्र १९,२०८१ 11:27:26
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:27:26
IME remit
Global IME Bank Limited

हाईड्रो इलेक्ट्रीसिटीको नाफा २७.७६% ले घट्यो , रिजर्भ भने ९४.९६% ले वृद्धि

Hyundai Nepal
हाईड्रो इलेक्ट्रीसिटीको नाफा २७.७६% ले घट्यो , रिजर्भ भने ९४.९६% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को नाफामा गिरावट आएको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले २७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २७.७६ प्रतिशतले कम हो । 

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३७ करोड ८९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले ग्राहकसँगको सम्झौताबाट ४५ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीको वित्त आम्दानी ४१ करोड ४ लाख र अन्य आम्दानी १३ लाख ३ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च १ करोड ७२ लाख, सञ्चालन तथा प्रशासनिक खर्च ३२ लाख ५६ हजार र ह्रासकट्टी खर्च २९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल चालु सम्पत्ति १७ अर्ब ८५ करोड र कुल चालु दायित्व ४० करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ९४.९६ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.१२ रुपैयाँ,पीई अनुपात ६३.५८ गुणा र तरलता अनुपात ४४.४५ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.