आईतवार, फाल्गुन ११,२०८१ 10:14:52
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:14:52
IME remit
Global IME Bank Limited

पूँजीबजार सुधारका लागि उच्चस्तरीय सुझाव समितिलाई लगानीकर्ताको २० बुँदे सुझाव, कुन–कुन विषय समेटिए ?

Hyundai Nepal
पूँजीबजार सुधारका लागि उच्चस्तरीय सुझाव समितिलाई लगानीकर्ताको २० बुँदे सुझाव, कुन–कुन विषय समेटिए ?
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक सुधारको लागि सरकारद्वारा गठित उच्चस्तरीय आयोगलाई सेयर लगानीकर्ताहरुले २० बुँदे सुझाव दिएका छन् । 

नेपाल सरकारले पूर्व अर्थसचिव रामेश्वर खानालको संयोजकत्वमा एक आर्थिक सुधार आयोग बनाएको थियो ।  

आज हरिहर भवन काठमाण्डौमा उक्त आयोगले विभिन्न लगानीकर्ता तथा ब्रोकरहरुबाट पनि सुझाव लिएको थियो ।  

लगानीकर्ताले दिएका यस्ता छन् २० बुँदे मागः

१.अर्थ मन्त्रालयद्वारा गठन गरिएको मुद्रा तथा पूँजी बजारका समस्या अध्ययन समितिले सिफारिश गरेका ५८ बुँदामध्ये बाँकी कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक छ। यसका लागि, पूँजी बजारसँग सम्बन्धित समस्याहरू समाधान गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी तत्काल कदम चाल्नुपर्छ।

२. धितोपत्र दलाल व्यवसायको कार्यक्षेत्र विस्तार गरी देशभरका ७७ वटै जिल्लाबाट कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाइनु पर्छ।

३. बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत तर्फ प्रदान गर्ने ऋणको हालको १५ करोडको सीमा अविलम्ब खारेज गर्नुपर्छ ।

४. भारित औसत मार्जिनलाई १२५ प्रतिशत बाट घटाई १०० प्रतिशत कायम गर्नुपर्छ ।

५.संस्थागत लगानीकर्ताहरू ९बैंक तथा वित्तीय संस्था० लाई दोश्रो बजारमा शेयर खरिदरबिक्री गर्ने सिमा हटाई, उनीहरूलाई स्वतन्त्रतापूर्वक कारोबार गर्न अनुमति दिनुपर्छ ।

६. नेपालको पूँजी बजारमा प्रयोगमा रहेको हालको अनलाइन प्रणाली अत्यन्तै कमजोर र पूर्ण रूपमा स्वचालित नभएकाले, नेप्सेको पुनःसंरचना र आधुनिकीकरण गर्नुपर्छ। साथै, नयाँ स्टक एक्सचेन्ज स्थापना प्रक्रिया शीघ्र सम्पन्न गरी प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नु आवश्यक छ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

७. विद्यमान पूँजीगत लाभकर समायोजन गरी दीर्घकालीन लगानीकर्ताका लागि ३५ र अल्पकालीन लगानीकर्ताका लागि ५५ पूँजीगत लाभकर कायम गर्नुपर्ने ।

८. साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबार कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने ।

९. धितोपत्र कारोबार गर्दा लाग्ने सबै प्रकारका शुल्कहरू समयानुकूल परिमार्जन गर्दै सेयर खरिद वा बिक्री गर्दा लाग्दै आएको दोहोरो कमिसनलाई पुनरावलोकन गरी एकतर्फी कमिसनको व्यवस्था गर्नुपर्ने।

१०. धितोपत्र बजारमा नयाँ औजार भित्र्याउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट अध्ययन भइरहेकोले त्यसलाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने ।

११. पूँजी बजार र सेयर मूल्यलाई प्रभावित गर्ने नीति तथा नियम लागू गर्दा लगानीकर्तालाई पूर्व तयारी गर्न आवश्यक सूचना र समय प्रदान गर्नुपर्ने।

१२. हाल विद्यमान अनलाइन प्रणालीमा व्यापक असन्तुष्टि र गुनासाहरू रहेका कारण अत्याधुनिक, जस्ता मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको अनलाइन प्रविधिको व्यवस्था गर्नुपर्ने ।  

१३. विद्यमान कारोबार प्रणालीमा आफ्नो इच्छाअनुसार खरिद वा बिक्री गर्दा सोहीअनुरूपको आदेश कार्यान्वयन नभई आदेशअनुसारको शेयरलाई खण्डीकरण गरी उच्चतम सीमा रहेको कमिसन तिर्न बाध्य बनाइएकोमा, दिनभरको कारोबारलाई आधार मानी एकमुष्ट कारोबार रकममा कमिसन तिर्न पाउने व्यवस्था गर्नुपर्ने ।

१४ अप्सन मोर्कट ,इन्ट्रा डे ट्रेडिङ, फ्युचर मार्केट र सर्ट सेलको कारोबार गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने  

१५. डिजिटल केवाईसी पूर्णरूपमा लागू गरी भौतिक केवाईसीको अन्त्य गर्नुपर्ने  

१६. धितोपत्र बजारसम्बन्धी अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्न धितोपत्र बोर्डबाट निश्चित मापदण्ड बनाई अध्ययन र विश्लेषण गर्ने व्यवस्था गर्नुपर्ने । साथै, नेपाल सरकारका उच्च ओहोदामा कार्यरत पदाधिकारीहरूबाट बिना गहन अध्ययन नकारात्मक अभिव्यक्ति दिन रोक्न आवश्यक कार्यविधि निर्माण गर्नुपर्ने ।

१७. बैंक तथा वित्तीय संस्थाहरूले पहिले नै विभिन्न करहरू तिरेर सेयरधनीहरूलाई वितरण गर्ने बोनस तथा लाभांशमा पुनः ५ प्रतिशत कर लिइँदा आम लगानीकर्ताले दोहोरो करको भार बेहोरिरहेकोले, उक्त कर खारेजीको व्यवस्था तुरुन्त गर्नुपर्ने  

१८. नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरिने मौद्रिक नीतिले नेपालको सेयर बजारलाई असर पार्ने भएकाले त्यस्ता नीतिहरूले अस्थिरता निम्त्याउने परम्परा तोड्दै सेयर बजारसम्बन्धी नीतिहरू कम्तीमा दुई वर्ष स्थिर रहने गरी निर्माण गर्नुपर्ने  

१९. वाणिज्य बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखी कर्जा प्रवाह गर्दा पीई रेसियो, बुक भ्यालु र ईपीएस लगायतका वित्तीय सूचकलाई आधार मानेर स्थिर नीति कायम गरी सोही अनुसार ऋण प्रवाहको व्यवस्था गर्नुपर्ने ।

२० सेयर बिक्री गर्दा नाफामा लगाइने ७.५ प्रतिशत अल्पकालीन पूँजीगत लाभकर र ५ प्रतिशत दीर्घकालीन पूँजीगत लाभकरलाई अन्तिम कर मानी आर्थिक ऐनमा स्पष्ट व्यवस्था गरी लगानीकर्तामा रहेको अन्योल हटाउन आवश्यक रहेको छ

आजको यस कार्यक्रममा नेपाल सेयरधनी संघका तर्फबाट अध्यक्ष घनश्याम पाण्डे ,सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेल ,नेपाल इन्भेष्टर फोरमका तर्फबाट अध्यक्ष तुलसी राम ढकाल , नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेल तथा स्टक ब्रोकर एसोसियसनका तर्फबाट धर्मराज सापकोटा लगाएत बिभिन्न लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।  

यसका साथै आजको कायक्रममा लगानीकर्ताहरुले बजारमा कारोबारको अन्तिम समयम भै आएको एमकेटीको दुरुपयोग तथा कम्पनीको १० प्रतिशत मात्रै आईपीओ ल्याउने ब्यबस्थाको पनि कडारुपमा बिरोध गरिएको सेयर धति संघका कोषआध्यक्ष खोमनाथ प्याकुरेलले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.