बुधबार, भाद्र २५,२०८२ 10:28:21
  • बुधबार, भाद्र २५,२०८२ 10:28:21
Global IME Bank Limited

अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘मनी फ्लो इन्डेक्समा ‘बुलिस डाईभर्जेन्स’

Hyundai Nepal
अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘मनी फ्लो इन्डेक्समा ‘बुलिस डाईभर्जेन्स’

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज बजार सामान्य बढ्दा कारोबार भने गत भदौ १८ पछिकै उच्च भएको छ । गत भदौ १८ गते १३ अर्ब ५७ करोड कारोबार पछि आज ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।  

यसले बजारमा विस्तारै भोल्युममा भने सुुधार भएको देखिन्छ । बोलिङ्गर ब्याण्डमार्फत हेर्दा बजारले आजसम्म ३ पटक अपर ब्याण्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । अर्थात बजार अपर ब्याण्डसँग हिड्न नसको देखिन्छ । आज अपर ब्याण्डमा ग्रेभ स्टोन डोजी बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यदि आगामी दिनमा बजारले २ हजार ७८२ विन्दुभन्दा मााथि लागेमा यो इन्भ्यालिड पनि हुन सक्छ । म्याक्डीमार्फत नियाल्दा बजारमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेका छन् तर केही फिक्का बन्दै गएका छन् ।  

आरएसआई ५९ को तहमा चलेको छ भने मनी फ्लो इन्डेक्स ६७ को तहमा पुगेको छ । अर्थात बजार मनी फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । पिभट् मार्फत हालको बजारलाई नियाल्दा अबको प्रतिरोध क्रमशः २७९७,२८४६ र २९०५ विन्दुमा रहेको छ । त्यसैगरि घटेमा भने २७४० ,२६९० र २६५० विन्दुमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.