मंगलवार, आश्विन १३,२०८३ 08:53:15
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:53:15
Bizshala
Global IME Bank Limited

नागरिक लगानी कोषले पेन्सन योजनामा सहभागीलाई सेयरकर्जा पनि उपलब्ध गराउने

Bizshala
नागरिक लगानी कोषले पेन्सन योजनामा सहभागीलाई सेयरकर्जा पनि उपलब्ध गराउने
New Office

काठमाण्डौ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा सहभागीहरुलाई अब सेयर कर्जा पनि उपलब्ध गराउने भएको छ । नागरिक लगानी कोषकी सञ्चालिका शोभा श्रेष्ठ सुबेदिले दिएको जानकारी अनुसार गत साता मात्रै यस्तो ऐन नागरिक लगानी कोषबाट पारित भएको हो ।  

हाल नगारिक लगानी कोषको पेन्सन योजनामा ७ लाख भन्दा बढी सहभागी रहेका छन् । यस योजनामा सहभागीहरुले नागरिक स्टक डिलरमा डीम्याट खाता खोल्नु पर्ने हुन्छ । नगारिक स्टक डिलरमा खाता भएका र नागरिक पेन्सन योजनमा सहभागिहरुले सेयर किन्न अब नागरिक लगानी कोषले सेयर कर्जा पनि दिने छ । श्रेष्ठले दिएको जानकारी अनुसार यो प्रक्रियाका लागि नेपाल स्टक एक्सचेञ्जको नियम अनुसारका कम्पनीहरुमा लगानीकर्ताहरुको धितोले धाने अनुसार ग्राहकलाई सेयर कर्जा दिइने छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘भर्खर नीति नियम र कार्यविधि बनेको छ । अब हाम्रा कर्मचारीहरुलाई तालिम दिने र सिस्टममा पनि कस्टमाइजेसन गरे पछि यो अगाडी बढ्ने छ,’ श्रेष्ठले भनिन् । हाल कति प्रतिशत ब्याजमा के कति कर्जा प्रवाह गर्ने भन्ने बिषय भने स्पष्ट नभएको पनि उनले जानकारी दिइन् । यस अघि नागरिक लगानीकोषले आफ्नो योजनामा सहिभागिहरुलाई होम कर्जा तथा अन्य खालका कर्जा पनि उपलब्ध गराँउदै आएको थियो ।  

अब भने सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्ने गरि सेयर कर्जा पनि उपलब्ध गर्न लागेको नागरिक लगानी कोषका पूँजीबजार शाखा प्रमुख नारायण प्रसाद घिमिरेले जानकारी दिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.