बिहीबार, श्रावण १४,२०८३ 01:42:51
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:42:51
Bizshala
Global IME Bank Limited

क्रेस्ट माइक्रो लाईफले ल्यायो नयाँ बीमालेख योजना, यस्ता छन् विशेषता

क्रेस्ट माइक्रो लाईफले ल्यायो नयाँ बीमालेख योजना, यस्ता छन् विशेषता
New Office

काठमाण्डौ । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना मंसिर ५ गते बुधवार सार्वजनिक गरेको छ ।  

समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५÷५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमान जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

योजनाका मुख्य विशेषताहरुः  

बीमा योजनाः समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना

बीमाङ्क रकमः न्यूनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म

बीमितको प्रवेश उमेरः न्यूनतम १८ बर्ष देखि अधिकतम ५० बर्ष सम्म

अधिकतम बीमा समाप्ति उमेरः ७० बर्ष  

बीमा अवधिः १५/२०/२५ बर्ष  

बीमाशुल्क भुक्तानी अवधिः बीमा अवधि बराबर

बीमाशुल्क भुक्तानी तरिकाः बार्षिक, अर्धबार्षिक र त्रैमासिक

अग्रिम रकम फिर्ता,न्यून बीमाशुल्क, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भुमिका खेल्ने कम्पनीले जनाएको छ ।

बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशत सम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने देखिन्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.