बुधबार, फाल्गुन ६,२०८२ 05:16:41
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:16:41
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको ४२.५६ करोड तीन बर्ष देखि फसेको फस्यै, न पायो जग्गा न आयो पैसा

धितोपत्र बोर्डको ४२.५६ करोड तीन बर्ष देखि फसेको फस्यै, न पायो जग्गा न आयो पैसा
Shivam Cement

काठमाण्डौं । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड बढी रुपैयाँ तीन बर्ष देखि फसेको छ । तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो । 

काठमाण्डौंको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदको लागि उक्त रकम दिइएको थियो । तर तीन बर्ष बितिसक्दा पनि धितोपत्र बोर्डले हालसम्म पनि न पैसा नै फिर्ता पाएको छ न जग्गा नै । त्यो समयमा धितोपत्र बोर्डले काठमाण्डौ बिकास प्राधिकरणलाई ४२ करोड ५६ लाख रुपैयाँ दिएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हालसम्म उक्त रकम साँवा ब्याजसहित गरेर ५० करोड भन्दा माथि पुगी सेकेको छ । धितोपत्र बोर्डले काठमाण्डौ विकास प्राधिकरण मार्फत मनोहरा क्षेत्र विकास प्राधिकरणको स्वामित्वमा रहेको ७ रोपनी जग्गा खरिदको लागि पैसा दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । जग्गा खरिदको लागि दिएको उक्त रकम हालसम्म न बोर्डले फिर्ता पाएको छ न त जग्गा नै । 

मनोहरा विकास प्राधिरणले मनोहरमा विकासको काम सम्पन्न नभएको भन्दै जग्गा उपलब्ध गराएको छैन । ‘बोर्डले पैसा दियो तर जग्गाको लालपूर्जा बोर्डको नाममा आएको छैन । न जग्गा आयो न त पैसा नै आयो’ । उनले भने ।  

यसै विषयमा बुझ्न खोज्दा काठमाण्डौ विकास प्राधिकरणका कुनै पनि विकास आयुक्त सम्पर्कमा आउन चाहेनन् । मनोहरा विकास प्राविधरणका प्रवक्ता सागर मिश्रले  आफुुलाई यस विषयमा कुनै पनि जानकारी नभएको ठाडो जबाफ दिए । हाल धितोपत्र बोर्डले काठमाण्डौको खुमलटारमा बार्षिक एक करोड भन्दा बढी भाडाको भवन लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.