काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्से ३१.३१ अंकले घटेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको देखिन्छ ।
प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार बोलिङ्गर ब्याण्डबाट तल खसेको छ । तर आज नै मध्य ब्याण्ड छोडि हालको अबस्था भने होइन । म्याक्डीमा पनि आज वियरिस क्रसओभर बनेको छ । योसँगै आज हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । आरएसआई पनि न्यूट्रल जोनबाट तल खसेको छ ।
तीन वटै इन्डिकेटरबाट नियाल्दा आज बजारमा बिक्री दबाब देखिन्छ । आरएसआई आज ४८ को तहमा चलेको छ । यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन ३० सम्म पनि आउन सक्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा आज पहिलो सपोर्ट २६९० विन्दुबाट तल खसेको बजारको अबको दोस्रो सपोर्ट २६३१ र तेस्रो सपोर्ट २५८० विन्दुमा लिन सक्ने छ । त्यसैगरि, आगामी दिनमा यदि बजार बढेमा २७४० ,२७९७ र २८४६ विन्दुमा लिन सक्ने छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।