बुधबार, माघ ९,२०८१ 05:24:20
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:24:20
IME remit
Global IME Bank Limited

सिटिजन्स र प्राइम बैंक मर्ज हुन लागेका व्यापक चर्चा, यस्तो छ वास्तविकता

Hyundai Nepal
सिटिजन्स र प्राइम बैंक मर्ज हुन लागेका व्यापक चर्चा, यस्तो छ वास्तविकता
Nabil Bank Limited

काठमाण्डौ । वित्त बजारमा केही समयअघिदेखि एउटा हल्ला व्यापक बनेको छ । हल्लाको प्रभाव सेयर बजारसम्म आयो । कतिपय सेयर बजारका लगानीकर्ता र बैंकिङ बजारकै व्यक्तिहरु पनि अझै यही हल्लाको पछि दौडिरहेका छन् । व्यापक रुपमा चलेको हल्ला हो: 'सिटिजन्स बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकबीच मर्जर हुँदैछ' ।  

सिटिजन्स र प्राइम बैंकबीच मर्जर हुँदै गरेको हल्ला काठमाण्डौको बजारमा मात्र केन्द्रीत छैन । यी दुवै बैंकको विभिन्न तहमा काम गर्ने काठमाण्डौ उपत्यका बाहिरका कर्मचारीहरुमा समेत 'भूसमा लागेको आगो झै' भित्र-भित्रै फैलिइरहेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

प्राइम कमर्सियल बैंकले प्रमुख वित्तीय सूचकहरुमा आमूल सुधार गरिरहेको बैंक हो । सिटिजन्स बैंक पनि पछिल्लो समय उद्योगमा प्रतिस्पर्धी क्षमताको विकास गर्दै लोभलाग्दो प्रगति गर्दै अगाडि बढेको वाणिज्य बैंक हो ।  

यी दुवै बैंकबीच मर्जर हुनै नपर्ने वा हुन नहुने कुनै कारण भने छैन । दुवै वाणिज्य बैंक भएकाले विगतमा समेत यस्ता समान प्रकृतिका संस्था गाभिएका र कतिपय मर्जर सफल भएका आधारमा भविष्यमा यी दुई बैंक एकआपसमा मर्ज होलान् भनेर अनुमान गर्नेहरुलाई पनि अहिले नै यसै भनिहाल्ने अवस्था छैन ।

तर, व्यापक बनेको हल्ला पछाडिको वास्तविकता चाहिँ के हो त ? के साच्चिकै प्राइम र सिटिजन्स एक बन्न लागेका हुन् ?

हामीले यी दुवै बैंकका केही सञ्चालक र उच्च व्यवस्थापनका अधिकारीहरुसँग औपचारिक अनौपचारिक कुराकानी गर्यौं । सो क्रममा दुवै बैंकका सञ्चालक र उच्च व्यवस्थापनका अधिकारीहरुले मर्जरको हल्लाको खण्डन गरे ।  

'हामीबीच मर्जरका लागि कुनै छलफल नै भएको छैन । यस्तो हल्ला बजारमा कसरी व्यापक भयो भन्ने विषयमा हामी आफैं चकित छौं ।' सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत(सीईओ ) गणेशराज पोखरेलले बिजशालासँग भने-'तत्काल हल्लाजस्तो प्राइम वा कुनै अन्य वाणिज्य बैंकसँग हाम्रो मर्जर हुने सम्भावना समेत छैन ।'  

तर, सीईओ पोखरेलले आफूहरु 'मर्जरविरोधी' भने नभएको प्रष्ट पारे । उनले मर्जरका लागि आफूहरुको प्राथकितामा वाणिज्य बैंक नभई राम्रो अवस्थाको विकास बैंक रहेको समेत प्रष्ट पारे । 'राम्रो खालको विकास बैंक पाएको खण्डमा हामी जुनसुकै बेला मर्जरमा लिन तयार छौं ।' उनले थपे-'विगतमा पनि हामी साना संस्थालाई गाभेर बलियो बनेका कारण त्यो अनुभवले समेत हामीलाई राम्रा अवस्थाका साना संस्था अक्वायरतर्फ बढी इच्छुक बनाएको छ । यसका लागि भने मर्जरको ढोका सधैं खुल्ला नै हुनेछ ।' 

Muktinath Bikas Bank Limited

हुन त विगतमा सिटिजन्स बैंकले महालक्ष्मी विकास बैंकलाई अक्वायर गर्ने योजनाका साथ केही चरणका छलफलहरु गरेको थियो । तर, त्यो बीचमै तुहियो । त्यसपछि भने सिटिजन्स बैंक मर्जरमै केन्द्रीत रहेर आक्रामक भएको छैन । ऊ कतै(विकास बैंक र राम्रा साना वित्तीय संस्था)बाट प्रस्ताव आएको खण्डमा जुनसुकै बेला मर्जरका लागि तयार छ ।  

स्रोतहरुका अनुसार सिटिजन्स बैंकका एक उच्च तहका कर्मचारी प्राइम कमर्सियल बैंकमा गएपछि त्यसले समेत हल्लालाई मलजल गरेको देखिन्छ । कतिपयले त 'सम्भावित मर्जरको योजना अनुसार नै ती अधिकारी सिटिजन्सबाट प्राइम गएका'सम्मको विश्लेषण गर्न भ्याएका स्रोत बताउँछ । 

सेलाएको इस्यू

हुन त पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको इस्यू सेलाइसकेको छ । नेपाल राष्ट्रबैंकले निकै ठूलो दवाब दिएको अवस्थामा नेपालमा बैंक तथा वित्तीय संस्थाहरुबीच कुनै बेला मर्जरको लहर नै चलेको थियो । कतिपय ठूला बैंकहरु एकआपसमा मर्ज भएका थिए ।  

मर्ज गरेर ठूलो संस्था बनाई सिनर्जी ल्याउने केन्द्रीय बैंकको उद्देश्य रहे पनि उत्कृष्ट परिणाम आउन नसकेपछि पछिल्लो समय उसले समेत मर्जरमा बाध्यकारी नीति लिएको छैन । यसले समेत मर्जरको इस्यू सेलाउन मद्दत पुगेको छ ।  

दवाब दिएरै मर्जर गराइएका कतिपय बैंकहरु 'सवल बन्नुको साटो दुर्वल भएका, साइज ठूलो भएर 'भद्दा' बनेका, उनीहरुको रिटर्न क्षमता झनै घटेको, खराब कर्जाको अवस्था अत्यासलाग्दो गरी बढेको, कर्मचारी समायोजनको विषयमा जटिल रुप अगाडि आएको' लगायतका बग्रेल्ती समस्याहरु समेत देखिएका छन् । यी विषयले समेत मर्जरमा जान खोज्नेहरुले समेत पछिल्लो समय खासै चासो दिन छाडेका देखिन्छ ।  

पछिल्लो समय कतिपयले त राष्ट्रबैंकले लिएको मर्जरको नीतिबाट राम्रो परिणाम ननिस्किएको भन्दै त्यसको खुलेरै आलोचना समेत गर्न थालेका छन् । भारतका केही बैंकहरुको उदाहरण दिंदै उनीहरुको 'चुक्तापूँजी र त्यस्ता संस्थाले कमाउने नाफालाई तुलना' गरेर कतिपय विश्लेषकहरुले 'मर्जर आवश्यक थिएन'सम्म भनिरहेका छन् । यस्ता प्रतिक्रिया र विश्लेषणप्रति पछिल्लो समय राष्ट्रबैंकका अधिकारीहरु 'बोल्ने अवस्थामा देखिदैनन्' ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.