आईतवार, फाल्गुन ११,२०८१ 10:37:44
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:37:44
IME remit
Global IME Bank Limited

बागडोलमा सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टरको शुभारम्भ

Hyundai Nepal
बागडोलमा सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टरको शुभारम्भ
Nabil Bank Limited

काठमाण्डौ । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।  

यो काठमाण्डौ भ्यालीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो ।  

साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाण्डौमा अब चारवटा सेवा केन्द्र पुगेका छन्। उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गरेका हुन्।

Shivam Cement
CG Motors
Sagarmatha Cement

उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो। २२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ।  

साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ ।  

हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र थप १००ं स्थान मा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ।  

नयाँ सीजी सेवा केन्द्रले सीजी मोटर्स अन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू जस्तै आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदिलाई सेवा प्रदान गर्नेछ। कम्पनीले ूसीजी केयर्स सेवा पनि सुरू गरेको छ, जसअन्तर्गत ं९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४÷७ सडक सहायता उपलब्ध गराइनेछ। अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित, सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.