काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।
कम्पनीको अन्य सञ्चालन आम्दानी ९९ लाख ६१ हजार रुपैयाँ र वित्त आम्दानी ५२ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि १६ करोड ६३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।
कम्पनीको रिजर्भको आकार १०.०१ प्रतिशतले बढ्दै ३ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब १८ करोड र कुल चालु दायित्व ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १२३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ र पीई अनुपात १०५ गुणा ऋणात्मक कायम भएको छ ।