बुधबार, चैत्र २०,२०८१ 12:58:01
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:01
IME remit
Global IME Bank Limited

यस्ता छन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षका चुनौति र अवसर, कसरी आए सेबोन ?

Hyundai Nepal
यस्ता छन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षका चुनौति र अवसर, कसरी आए सेबोन ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त भएको १ वर्षको लामो समयको रस्साकस्सीपछि सरकारले अन्ततः अध्यक्ष नियुक्त गरेको छ ।  

गत पुस २० गते धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले सोमबारको मन्त्रिपरिषदको बैठकबाट अध्यक्ष नियुक्ति गरेको हो ।  

को हुन् सन्तोषनारायण श्रेष्ठ ?

पश्चिम नेपालको पाल्पा जिल्ला स्थायी घर भएका श्रेष्ठ नेपाली काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठका छोरा हुन् । बिचारधाराका आधारमा श्रेष्ठ नेपाली काङ्ग्रेस निकट मानिन्छन् ।  

श्रेष्ठ केही समय पहिले नेपाल एक्सप्रेस फाइनान्स तथा स्वाभिमान लघुवित्तका अध्यक्ष समेत भएका थिए । श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा अध्यक्ष भएर काम गरेको समेत अनुभव रहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कसरी आए धितोपत्र बोर्डमा ?

स्रोतकाअनुसार श्रेष्ठ दीपक भट्टका दाई तथा पूर्व लगानी बोर्डका सीईओ सुशिल भट्टका क्लासमेट हुन् । यहीकारण यिनी भट्ट दाजुभाइसँगको विश्वासिला पात्र बनेका छन् ।  

भट्ट समूहले लामो समयदेखि विभिन्न पार्टी र नेताहरुसँग बिचौलियाको काम गर्दै आएको छ । यसअघि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाललाई पनि यही समूहले अध्यक्ष बनाएको थियो ।  

यस्ता छन् अवसर र चुनौति

धितोपत्र बोर्डमा अहिले चुनौतिका चाङ र अवसरको खानी देखिन्छ । नवनियुक्त अध्यक्ष श्रेष्ठलाई सबैभन्दा पहिलो चुनौति भनेको धितोपत्र बोर्डभित्र नै आफ्ना प्रतिस्पर्धीलाई मिलाएर लैजानु हुनसक्छ । किनकी बोर्ड भित्रबाट नै बोर्ड अध्यक्षका लागि २ जना आकांक्षी थिए । उनीहरु बोर्डका पुराना र अनुभवी व्यक्ति समेत रहेका कारण उनीहरुको सहयोगबिना श्रेष्ठलाई काम गर्न सहज हुनेछैन ।  

त्यसैगरी, नेपाल स्टक एक्चेञ्जसँगको समन्वय पनि उनका लागि चुनौति हुनसक्छ । अहिलेसम्मको इतिहास हेर्दा नेप्से र धितोपत्र बोर्डबीच अक्सर लफडा नै परेको देखिन्छ । पछिल्लोपटक तत्कालीन अध्यक्ष रमेशकुमार हमालले नेप्सेको अधिकार नै कटौति गरेपछि भने सेबोनका अध्यक्ष र नेप्सेका सीईओबीच पानी बाराबारको अवस्था सिर्जना भएको थियो ।  

नवनियुक्त अध्यक्ष श्रेष्ठ नयाँ स्टक एक्सचेञ्ज ल्याउने शर्तमा धितोपत्र बोर्डमा आएकाले अझै पनि त्यस्तो अवस्था आउनसक्ने सम्भावना देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै, बजारमा चलेका केही अस्वभाविक चलखेललाई नियन्त्रण गर्नु पनि श्रेष्ठको अर्को चुनौति हुनसक्छ । बजारमा सूचना र प्रविधिको विकास तथा इन्साइडर ट्रेडिङ नियन्त्रण गर्ने अर्को चुनौति देखिन्छ ।  

त्यसैगरी, अर्थमन्त्रालय तथा कानून मन्त्रालयबाट बोर्डलाई स्वतन्त्र  बनाउनु र यसअघिका अध्यक्षले धितोपत्र बोर्डको जग्गा खरिदमा फसाएको करोडौं रुपैयाँको टुंगो लगाउनु पनि चुनौतिका रुपमा देखिन्छन् ।  

श्रेष्ठसामु प्रशस्तै अवसरहरु छन् । श्रेष्ठले विदेशी लगानी भित्र्याउने , नयाँ स्टक एक्चेञ्ज ल्याउने तथा नयाँ प्रडक्ट, डेरिभेटिभ बजार तथा कमोडिटी बजार ल्याउने जस्ता विषयहरुलाई अवसरको रुपमा परिणत गर्न सक्छन् । तर यसका लागि नैतिकवान हुन र बिचौलियाको प्रतिनिधिको रुपमा लागेको आरोप चिर्नु पनि आवश्यक हुन्छ ।  

अहिले बलियो सरकारले बनाएको अध्यक्ष भएको कारण उनले आफ्नो कार्यकाललाई अवसरको रुपमा रुपान्तरण गर्नसक्छन् ।  

यसअघिका २ वटा अध्यक्ष नै विवादित भएको ठाउँमा बस्दै गर्दा यिनले कसरी आफूलाई जोगाउँछन त्यो मूख्य चुनौति हुनेछ ।  

आगामी दिनमा श्रेष्ठले के कसरी कदम चाल्छन्, कति सन्तुलित ढंगले आफ्नो कुर्सीको इज्जत धान्ने गरी कामहरु अगाडि बढाउँछन् भन्ने विषयले समेत उनको भविष्य निर्धारण गर्छ । रमेश हमाल अध्यक्षको रुपमा विदा हुँदै गर्दा उनीमाथि लागेको भ्रष्टाचारको आरोप, उनीविरुद्ध अख्तियारमा परेका उजुरीहरु लगायतका विषयलाई उनले बिर्सनुहुन्न । भीष्म ढुंगाना त अझ सर्वोत्तम सिमेन्टको सेयर अनधिकृत रुपमा लिएको पुष्टिसँगै बर्खास्तीमा परेका विषयलाई पनि उनले भूल्नुहुँदैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.