बुधबार, चैत्र २०,२०८१ 07:29:35
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:29:35
IME remit
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, २६६० विन्दुमा यसकारण छ बलियो सपोर्ट

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, २६६० विन्दुमा यसकारण छ बलियो सपोर्ट
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा ३३ अंकले बढेर बन्दा हुँदा ७ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आज सूचक बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही दिन पहिले मध्य ब्याडबाट तल खसेको बजार आज पुनःमाथि लागेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो दिन बनेको ड्रागन फ्लाई डोजी आज भ्यालिड बनेको छ । म्याक्डीमा भने बजार साइडवेज नै चलेको देखिन्छ । आरएसआई आज ५४ को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा आज बजारले माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज २ हजार ७१६ विन्दुमा बन्द भएको बजार आगामी दिनमा २ हजार ७८० विन्दुमा प्रतिरोध लिन सक्छ । पिभट् मार्फत नियाल्दा अब बजारले २७५३ , २८२६, र २८६५ विन्दुमा प्रतिरोध लिन सक्छ । बढेमा भने २७००, २६४१ र २६०० विन्दुमा सपोर्ट लिन सक्छ । यद्यपी बजारलाई २०४० र २४४० विन्दुका लो विन्दुहरुलाई जोडेर ट्रेण्ड लाइनमार्फत नियाल्दा २६६० विन्दुमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.