काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.११ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.३० रुपैयाँ र बिक्रीदर १७०.०६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.३० रुपैयाँ र बिक्रीदर ८७.६९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६ं.८२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५७ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२० रुपैयाँ र बिक्रीदर ३०.३४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.५८ रुपैयाँ र बिक्रीदर ४३९.५३ रुपैयाँ कायम भएको छ ।