काठमाण्डौ । अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ ।
जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजर गर्दै प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओएफआर हिटर, पिटिसि हिटर, फ्यानहिटर, एअरह्युमिडि फायर, एअरफ्राइर, इलेक्ट्रिक ओभन, ओटिजि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफीमेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।
ब्लाक्क एण्ड डेक्करका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                