आईतवार, असार २२,२०८२ 06:57:36
  • आईतवार, असार २२,२०८२ 06:57:36
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, बजारले अप ट्रेण्ड लिदै

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, बजारले अप ट्रेण्ड लिदै
Nabil Bank Limited

काठमाण्डौ । आज बजारमा झण्डै ४० अंकको सुधार आउदा ९ अर्ब ३१ करोडबराबरको कारोबार भएको छ । यो सँगै नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

यो सँगै यसअघि बनेको ड्रागन फ्लाई डोजी भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डबाट माथि लागेको प्रष्ट देखिन्छ । आज २७५५ विन्दुमा बन्द भएको बजारले  अब यसअघिको नजिकको प्रतिरोध अर्थात बोलिङ्गरको अपर ब्याण्डमा २७८५ विन्दु आसपास फेरि पनि प्रतिरोध सामाना गर्न सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर बजार यदि यहाँबाट माथि लाग्यो भने नयाँ उचाई लिन पनि सक्छ । म्याक्डीमा बजार साइडवेज नै चलेको देखिन्छ । आरएसआई न्यूट्रल जोन ४६ को तहमा पुगेर हाल ५८ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.