काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
फरवार्ड माइक्रोफाइनान्सले गत आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत र सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेका छन् ।