काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३१ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।
उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म भुक्तानी हुन बाँकी देखिएकोले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि बमोजिम लाभांश रकम बुझिलिन कम्पनीले आग्रह गरेको जनाएको छ ।
उक्त आवको लाभाशं रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचय पत्र लिई यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सनराइज क्यापिटलमा सम्पर्क गर्नु पर्नेछ ।
सो अवधी भित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभाशं रकम कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने कम्पनीले प्रष्ट पारेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                