शुक्रबार, बैशाख ४,२०८३ 10:53:58
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:53:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमकले संकलन गरे रु.१४ अर्बको प्रिमियम, नेपाल इन्स्योरेन्सको व्यवसाय सर्वाधिक ग्रोथ

Bizshala
निर्जीवन बीमकले संकलन गरे रु.१४ अर्बको प्रिमियम, नेपाल इन्स्योरेन्सको व्यवसाय सर्वाधिक ग्रोथ
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । १४ निर्जीवन बीमकले चालु आवको ४ महिनासम्ममा १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

यो प्रिमियम संकलन गत आवको सोही अवधिसम्मको तुलनामा १०.७४ प्रतिशत बढी हो । गत आवको कात्तिक महिनासम्ममा निर्जीवन बीमकहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

चालु आवको ४ महिनासम्मको व्यवसाय हेर्दा दुई बीमक बाहेक सबै कम्पनीले बढाएका छन् । प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको बीमाशुल्क आर्जन भने गत आवको तुलनामा घटेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कात्तिक महिनासम्म सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ९सलिको०रहेको छ । कम्पनीले सो अवधिसम्म १ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्टले १ अर्ब १४ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसका साथै एनएलजी इन्स्योरेन्सले ९४ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, युनाइटेड अजोडले ८४ करोड १ लाख रुपैयाँ, सानिमा जिआइसीले ७७ करोड ९३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

गत आर्थिक वर्षको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ५८.५८ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।  

गत आवको तुलनामा १२ वटा बीमा कम्पनीको व्यवसायमा ग्रोथ देखिएको छ भने दुईवटाको व्यवसाय खुम्चिएको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ११।१३ प्रतिशत र युनाइटेड अजोडको ३।२४ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.