सोमबार, असार २,२०८२ 01:59:55
  • सोमबार, असार २,२०८२ 01:59:55
Global IME Bank Limited

नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यबाट सम्मान

Hyundai Nepal
नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यबाट सम्मान
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मणिग्रामस्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जनाभन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरेको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै  प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत  गरिएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।  

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए । उनले यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश,कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्बिनी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै,अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए ।  

उनले,अभिकर्ताहरुमाझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरण कै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २ हजार जनाभन्दा बढि अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।  

समारोहमा सीईओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.