सोमबार, असार २,२०८२ 12:34:36
  • सोमबार, असार २,२०८२ 12:34:36
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलको साधारण सभाबाट रु.७.७२ करोडबराबरको नगद लाभांश पारित

Hyundai Nepal
लक्ष्मी सनराइज क्यापिटलको साधारण सभाबाट रु.७.७२ करोडबराबरको नगद लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित लक्ष्मी सनराईज क्यापिटलले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा मंसिर १६ गते आइतवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाण्डौमा सम्पन्न भएको हो ।  

आव २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई विस २०८० पुस २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जरपश्चात कम्पनीको चुक्तापुँजी ४८ करोड ८९ लाख कायम भएको छ ।  

वार्षिक साधारण सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात,नाफा–नोक्सान हिसाब,नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव र आव २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, मर्जर पश्चात आव २०८०/०८१ को एकीकृत वासलातबमोजिम प्रतिसेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् १५% कर बाहेक नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।  

तीन दशकभन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ सेवामा संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको दाबी गरेको छ । हाल २० वटा कम्पनीहरुको सेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ र कम्पनी करिब ३ लाख ५० हजार निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।  

कम्पनीले करिब ७ अर्बबराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आईरहेकोमा गत जेठ २८ गते १ अर्ब २५ करोड रकमबराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भएपश्चात सोका ईकाइधनीहरुलाई रु ११.१४ प्रतिईकाइका दरले रकम फिर्ता भुक्तानी गरेको छ । बाँकि ५ वटा योजनाले आव २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.