काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(सेयर ब्रोकर न.३४) र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
भिजन सेक्युरिटिज् ले फागुन ५ गते शनिवारका दिन धनगढी कैलालीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्ने गरि सेयर बजार विज्ञ/विश्लेषक श्री सुवास चन्द्र भट्टराईलाई प्रशिक्षकको रुपमा धनगढी लगिएको छ ।
सोहि समयमा आजमिति फागुन ४ गते शुक्रवारका दिन प्रशिक्षक सुवास चन्द्र भट्टराईले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सोहि क्याम्पसको हलमा सेयर बजार सम्वन्धी प्रशिक्षण दिएका हुन् । उनले नव प्रवेशी लगानीकर्ताहरुले सेयर बजारमा अपनाउनु पर्ने सावधानीहरु, सेयर बजारको कारोबार प्रकृया, लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने विषयहरु आदि विषयहरु समावेश गरि विद्यार्थीहरुलाई प्रशिक्षित गरेका थिए ।
भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले कलेज स्तरवाट नै सेयर बजारको बारेमा जानकारी दिने उद्देश्यका साथ काठमाण्डौका केही कलेजहरुमा यस प्रकारको कार्यक्रम गरि सकिएको र यसलाई निरन्तरता दिईने बताए । सेयर बजार विज्ञ/विश्लेषक सुवास चन्द्र भट्टराई आफ्नो कलेजमा उपस्थित भई सेयर बजारको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षीत गरेकोमा कैलाली बहुमुखी क्याम्पसका उप–प्रमुख ठाकुर प्रसाद ढुंगेलले आयोजक भिजन सेक्युरिटिज् तथा प्रशिक्षक सुवास चन्द्र भट्टराईलाई धन्यवाद ज्ञापन गरे ।