बुधबार, श्रावण २०,२०८३ 02:43:12
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:43:12
Bizshala
Global IME Bank Limited

अपडेट : सागर ढकाल बने ब्रोकरका अध्यक्ष, बाँकी पदमा को-को आए ?

अपडेट : सागर ढकाल बने ब्रोकरका अध्यक्ष, बाँकी पदमा को-को आए ?
New Office

काठमाण्डौ । नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकालले बाजी मारेका छन् ।  

ढकालले १ मतको अन्तरले राजकुमार तिमिल्सिनालाई हराउँदै एशोसिएसनको अध्यक्षमा बाजी मारेका हुन् । 

मतगणनास्थलमा रहेका बिजशालाका वरिष्ठ संवाददाता अर्जुन तिमिल्सिनाकाअनुसार ९२ मतदातामध्ये ८८ मत खसेको थियो । जसमा सागर ढकालले ४५ मत प्राप्त गरे भने तिमिल्सिनाले ४३ मत ।  

ढकाल नेपालको पूँजीबजारमा नयाँ ब्रोकर हुन् ।

पछिल्लोपटक लाइसेन्स पाएका ब्रोकरहरुको नेतृत्व गर्दै उनले नयाँ संगठन बनाएका थिए । केही दिनअघि मात्रै नयाँ संगठन र पुरानोबीच मर्जर सम्पन्न भएको थियो ।

अध्यक्षमा ढकालले जित हासिल गरे पनि बाँकी पदहरुमा भने मिश्रित परिणाम आएको छ । 

उपाध्यक्षमा नितेशकुमार अग्रवालले जित हासिल गरेका छन् ।  

महासचिवमा भक्तिराम घिमिरे निर्वाचित भएका छन् भने सचिवमा विनय रेग्मी तथा कोषाध्यक्षमा मदन पौडेलले बाजी मारेका छन् ।  

निर्वाचित पदाधिकारीमध्ये सचिव विनय रेग्मीबाहेकका सबै सागर ढकाल प्यानलका हुन् ।  

कार्यसमिति सदस्यमा जेलिना पौडेल, प्रियान्सु अग्रवाल, जयन्त श्रीवास्तव, मदन पौडेल निर्वाचित भएका छन् । पौडेल र अग्रवाल तिमिल्सिना प्यानलका उम्मेद्वार हुन् । 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.