काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउ आज भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४४ रुपैयाँ र बिक्रीदर १३६.०४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको थियो ।
यस्तै आज एक यूरोको खरिददर १४२.२० रुपैयाँ र बिक्रीदर १४२.८३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.४० रुपैयाँ र बिक्रीदर १७३.१७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८७ रुपैयाँ र बिक्रीदर ८.९१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६७ रुपैयाँ र बिक्रीदर ३७.०४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ कायम भएको छ ।