काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते दिउँसोको साढे ४ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८०÷८१ को बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ ०.६९८९ (१ः०.६९८९) सेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
साथै, विद्युत नियमन आयोगको सहमती पश्चात् साधारण सभामा पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।