मंगलवार, श्रावण १९,२०८३ 01:04:57
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:04:57
Bizshala
Global IME Bank Limited

अमेरिकी सेयर बजार नयाँ उचाईमा, प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल

अमेरिकी सेयर बजार नयाँ उचाईमा, प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल
New Office

काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘नास्डक कम्पोजिट इन्डेक्स’ नयाँ उचाईमा पुगेको छ । नास्डक कम्पोजिट इन्डेक्स पहिलोपटक २० हजार विन्दुमा पुगेको हो ।  

टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछाल र ब्याजदरमा हुन सक्ने सम्भावनाका बीच नास्डकले नयाँ उचाई चमुेको छ ।

बुधबारको कारोबारमा अल्फाबेट र टेस्ला जस्ता कम्पनीको सेयरमूल्यले समेत नयाँ उचाई हासिल गरेका छन् । यस्तै अमेजन र मेटाको सेयरमूल्यमा पनि उछाल आएको छ । यी ४ कम्पनीले एकैदिन ४१६ बिलियन डलर बजार पूँजीकरण बढाएका छन् ।  

नास्डक कम्पोजिट १.७७ प्रतिशतले बढेर २ हजार ३४.८९ विन्दुमा पुगेको छ । प्राविधिक कम्पनीहरुको कारोबार हुने नास्डक एन्डेक्स यो वर्ष ३३ प्रतिशतले वृद्धि भईसकेको छ । यो वर्ष एप्पल, एनभिडिया, अल्फाबेटर टेस्ला जस्ता कम्पनीहरुको मूल्य सर्वाधिक वृद्धि भएको छ ।

टेस्लाको मूल्य पछिल्लो कारोबारमा ५ प्रतिशतले बढेर प्रतिकित्ता ४२४ डलर पुगको छ । यस्तै अल्फाबेटको मूल्य पनि ५ प्रतिशतले बढेर १९६ डलर र मेटाको मूल्य २ प्रतिशतले बढेर ६३२ डलर पुगेको छ ।   

हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको मुद्रास्फिीति प्रतिवेदनले आगामी साता फेडर।ल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना बढाएको छ । जसका कारण सेयर बजारमा उछाल आएको बताइएको छ ।  

सन् २०२२ मा नास्डक इन्डेक्समा भारी गिरावट आएको थियो । त्यस वर्ष नास्डक इन्डेक्स ३३ प्रतिशतले ओरालो लागेको थियो । तर त्यसयता भने नास्डक इन्डेक्स ९० प्रतिशतले बढिसकेको छ । एआई प्रविधिप्रति लगानीकर्ताको देखिएको उत्साहका कारण सूचकमा भारी सुधार आएको छ ।  

सन् २०२२ यता एनभिडियाको सेयरमूल्य ११ सय प्रतिशत,ले वृद्धि भएको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.