शनिबार, जेष्ठ २,२०८३ 06:51:07
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:51:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चिनियाँ सरकारको समर्थनले डेयुन अटोमोटिभ्सले पुनः उत्पादन सुरु गर्ने, नेपाली बजारमा पनि सेवा जारी राख्ने

Laxmi Sunrise Bank Limited
चिनियाँ सरकारको समर्थनले डेयुन अटोमोटिभ्सले पुनः उत्पादन सुरु गर्ने, नेपाली बजारमा पनि सेवा जारी राख्ने
Shivam Cement

काठमाण्डौ । चीनको ईभी कम्पनी डेन समूहले चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनःसंरचनना सँगै कम्पनीले जनवरी २०२५ मा पुनः उत्पादन सुरु गर्ने योजना बनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै केही महिनाअघि कुनै आधिकारिक घोषणा र प्रतिबद्धताबिना, चिनियाँ मिडियाबाट आएका नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्यता नरहेको भन्दै पुनः उत्पादन सुरु गर्ने जनाएको हो ।  

कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसका साथै, नेपालका बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजना समेत कम्पनीले बनाएको छ ।

Bizshala
New Office
CG Motors

नेपालको सन्दर्भमा, बिना कुनै आधिकारिक समाचार, केही नेपाली अनलाइन मिडियाहरूले डेयुन अटोमोटिभ कम्पनीका बारेमा गलत रिपोर्टहरू प्रकाशित गरेको कम्पनीले दाबी गरेको छ । ‘जसले कम्पनीको वर्तमान अवस्थाबारे गलत जानकारी दिएका छन्। यी रिपोर्टहरू भ्रामक छन् र कम्पनीको वास्तविक स्थिति प्रतिबिम्बित गर्दैन ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ । डेयुनले यसलाई असत्य भनेको छ र जनतालाई सही जानकारीका लागि प्रमाणित स्रोतहरूमा निर्भर हुन आग्रह गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरु पूर्ण प्रतिबद्ध रहेको र नेपाली बजारमा सकारात्मक योगदान दिने जानकारी दिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

चीनको इलेक्ट्रिक गाडी उद्योगको एक प्रतिष्ठित कम्पनी हो । जसको उत्पादन पोर्टफोलियोमा हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू समावेश छन् । डेयुन समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा एक बलियो प्रतिष्ठा बनाएको छ । २००४ मा वाणिज्यिक गाडी क्षेत्रमा सफल प्रवेश पछि र २०१७ मा नयाँ प्रिमियम गाडी बजारमा सामेल भएपछि, डेयुनले विश्वव्यापी अटोमोटिभ बजारमा आफ्ना स्थानलाई मजबुत बनाएको छ।

६ वटा उत्पादन केन्द्र र १.८७ मिलियन गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभवले यसको सफलता कायम राख्न सहयोग पुर्याएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.