आईतवार, बैशाख ६,२०८३ 08:51:08
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:51:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटलबीच नेपालमा बैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता

Bizshala
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटलबीच नेपालमा बैदेशिक लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सम्झौता
Shivam Cement

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतावमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको छ ।

भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । यो कम्पनी भारतको केन्द्रीय बैंक,आरबीआईद्वारा इजाजतपत्र प्राप्त कम्पनी हो । जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय  संस्थाहरुको संस्थापक सेयरहरू अस्पताल,औषधिलगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रको दिगो विकासमा योगदानपुर्याउन केन्द्रित हुनेछन् । दुबै कम्पनीबीच भएको यो सम्झौताअन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल बैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पुर्याउने विश्वास लिइएको छ।

सम्झौतापत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्दै यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र बैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।

CG Motors
Garima Development Bank
IME remit

त्यस्तैगरी,ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट रितेश शले नेपाल जस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरु निकैनै उत्साहित रहेको भनाई राख्दै कुमारी क्यापिटल जस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरे ।  

सम्झौताअनुसार, कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाको मूल्यांकन, र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.