काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीहरुलाई गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वार्षिकआर्थिक विवरण तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरी स्वीकृतीको लागि आगामी बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।
गत आर्थिक वर्षका वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।