काठमाण्डौ । नामीले ,बिग ह्याच विथ फाइभ–स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपाल पहिलोपटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो। कारहरू लन्च गर्ने तरिकालाई पुनःपरिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बनेको कम्पनीले जनाएको छ । जसलाई दर्शकहरूले पनि रुचाएका थिए । फेसन र अटोमोटिभइनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो।
उत्साहयतिमा मात्र रोकिएन। नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ। विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्षक विकल्प बनाएको छ।
सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खला नै सञ्चालन गर्यो। यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिने कम्पनीले जनाएको छ । नेपालको सडकमा गुडिरहेका ३०० नामीकारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै भने‘नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चैनै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरूदेखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                