मंगलवार, कार्तिक ३,२०८३ 01:29:45
  • मंगलवार, कार्तिक ३,२०८३ 01:29:45
Global IME Bank Limited

निर्जीवन बीमकको विभिन्न क्षेत्रमा रु.६७.३४ अर्ब लगानी, मुद्दतीमा मात्रै ८१.१५%

Bizshala
निर्जीवन बीमकको विभिन्न क्षेत्रमा रु.६७.३४ अर्ब लगानी, मुद्दतीमा मात्रै ८१.१५%
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६७ अर्ब भन्दा बढी लगानी गरेका छन् । चालु आवको पहिलो त्रैमाससम्ममा १४ निर्जीवन बीमकले विभिन्न क्षेत्रमा ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका हुन् ।  

यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ११.२८ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरुले विभिन्न क्षेत्रमा ६० अर्ब ५१ करोड ३४ लाख रुपैयाँ लगानी गरेका थिए ।  

निर्जीवन बीमा कम्पनीहरुले सर्वाधिक बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् । पहिलो त्रैमाससम्ममा निर्जीवन बीमकको मुद्दती निक्षेपमा मात्रै ५३ अर्ब १० करोड ४१ लाख रुपैयाँ लगानी रहेको छ । जुन यो कुल लगानीको ८१.१५ प्रतिशत रकम हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीहरुले सो अवधिसम्ममा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ४६ अर्ब ४१ करोड, विकास बैंकको मुद्दती निक्षेपमा ५ अर्ब ४५ करोड रुपैयाँ र वित्त कम्पनीहरुको मुद्दती निक्षेपमा १ अबृ २३ करोड रुपैयाँ लगानी गरेका छन् ।  

यसरी निर्जीवन बीमा कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी लगानी मुद्दती निक्षेपमा मात्रै केन्द्रित रहेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिएपनि बीमकहरु मुद्दती निक्षेपतिर नै लगानी गर्न बढी केन्द्रित छन् ।  

अन्य सेक्टरमा भन्दा मुद्दती निक्षेपमा लगानी गर्दा रिस्क कम हुने र केही प्रतिशत भएपनि ब्याजदरको रुपमा रिटर्न आउने भएकाले बीमकहरु यस्तो क्षेत्रमा बढी लगानी गर्न केन्द्रित भएका हुन् । प्राधिकरणले लगानी विविधिकरण गर्न निर्देशन दिएपनि बीमा कम्पनीहरु भने घरजग्गा कारोबार, शिक्षा तथा स्वास्थ्य र हाइड्रोपावर जस्ता अन्य क्षेत्रहरुमा लगानी बढाउन सकेका छैनन् । यस्ता क्षेत्रमा लगानी गर्दा बढी जोखिम हुने बीमकहरुको भनाई छ ।  

त्यस्तै, दोस्रो बढी लगानी सूचीकृत पब्लिक कम्पनीको सेयर (सेयरबजार)मा लगानी रहेको छ । यस्तो क्षेत्रमा निर्जीवन बीमकको कुल लगानी ४ अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २८.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकको सेयरबजारमा ३ अर्ब १६ करोड रुपैयाँ लगानी रहेको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै बैंकको अग्राधिकार सेयर बण्ड, डिबेञ्चर र ऋणपत्रमा भने ३ अर्ब ८ करोड रुपैयाँ लगानी रहेको छ । यता निर्जीवन बीमकको अन्य लगानी २ अर्ब २९ करोड रुपैयाँ छ ।  

अन्य संस्थापक सेयरमा निर्जीवन बीमा कम्पनीहरुको लगानी १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने सूचीकृत पब्लिक कम्पनीको बण्ड र डिबेञ्चरमा १ अर्ब १४ करोड रुपैयाँ लगानी रहेको छ ।  

त्यस्तै, कृषि उत्पादन, उद्योग, जलविद्युत, शौय, केबुलकार, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुको लगानी ९९ करोड १६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ७२ करोड ८ लाख रुपैयाँ, नेपाल राष्ट्र बैंकको बचतपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा १५ करोड १२ लाख रुपैयाँ र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा १४ करोड २० लाख रुपैयाँ लगानी रहेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.