मौद्रिक समीक्षाले बैंकहरुको नाफा बढाउने, यस्ता छन् दुई प्रमुख व्यवस्था
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विभिन्न नियामकीय कडाईं र प्रतिकूल अर्थतन्त्रका कारण समस्यामा परेका बैंकहरुको नाफा बढाउने गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्रबैंकको सञ्चालक समितिबाट पारित भएपछि मंगलबार राति सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बैंकहरुको ब्यालेन्ससिट सुधार्ने दिशामा केन्द्रीत देखिएको छ ।

