ग्राहक अभावको सामना गर्दै अष्ट्रेलियाको बेन्डिगो बैंक, गर्यो २८ वटा शाखा बन्द गर्ने निर्णय
काठमाण्डौ । १६७ वर्ष लामो बैंकिङ इतिहास बोकेको अष्ट्रेलियाको बेन्डिगो बैंकले आफ्ना २८ वटा शाखा बन्द गर्ने घोषणा गरेको छ । बैंकले साउथ वेल्स, भिक्टोरिया, क्वीइन्सल्यणड, दक्षिण अष्ट्रेलिया र पश्चिम अष्ट्रेलियाका कुल २८ वटा शाखा कार्यालयहरु बन्द गर्ने योजना बनाएको जनाएको हो । ३० वर्षअघि बनाइएको एजेन्सी मोडल ग्राहकहरुको संख्या घटिरहेको वर्तमान अवस्थामा अर्थहिन भएकाले शाखा...