ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका...

