एनएमबि बैंकको सीईओमा गोबिन्द घिमिरे नियुक्त, वरिष्ठ नायव सीईओमा उपाध्यायको बढुवा
काठमाण्डौ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ बैशाख १० गतेदेखि लागू हुनेगरी बैंकको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । यस्तै बैठकले हाल नायव प्रमुख कार्यकारी...