मौद्रिक नीति अर्को साता मात्रै, एफएटीएफको ग्रे लिस्ट आतंकले ढिलाई
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यो साता पनि सार्वजनिक नगर्ने भएको छ । नेपाल राष्ट्रबैंकका प्रवक्ता रामु पौडेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको कुनै तयारी नभएको प्रष्ट पारेका छन् ।