सरकारी प्रतिवेदन भन्छ: मर्जर भएकाभन्दा नभएका बैंकको कार्यसम्पादन राम्रो देखियो, पोस्ट मर्जर इस्यू सम्बोधनका उपाय यस्ता
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरपछि देखिने गरेका विभिन्न समस्याहरु समाधानको उपायसहित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन तयार गरेको देखिएको छ । मर्जरपछि आइपर्ने समस्या(पोस्ट मर्जर इस्यू)लाई सम्बोधनका लागि कार्यदलले विभिन्न बुँदाहरु सुझाएको हो ।

