सर्वोच्चद्वारा गभर्नर नियुक्तिका लागि संसोधित मापदण्ड कार्यान्वयन नगर्न आदेश, क्षेत्री र पाण्डे रिङआउट
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि संशोधन गरिएको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ। अर्थ मन्त्रालयले संशोधन गरेको विभिन्न मन्त्रालयसम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति मनोनयन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको हो ।