शुक्रबार, भाद्र १९,२०८३ 06:30:17
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 06:30:17
Bizshala
Global IME Bank Limited

बाढीपीडितको उद्धारमा बैंकको साथ, जुटाए आधा अर्ब भन्दा बढी

कुनले कति गरे सहयोग ?

बाढीपीडितको उद्धारमा बैंकको साथ, जुटाए आधा अर्ब भन्दा बढी
New Office

काठमाण्डौ । गत  भदौ १० गते रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकहरुले सक्रियता बढाएका छन् ।  

वाणिज्य तथा विकास बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर), सञ्चालक समिति तथा कर्मचारीको योगदानबाट करोडौँ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

हालसम्म प्राप्त तथ्याङ्कअनुसार वाणिज्य र विकास गरी २५ बैंकले आधा अर्ब रुपैयाँ राहत कोषमा संकलन गरेका छन् । हालसम्म १६ वाणिज्य बैंक र ९ विकास बैंकले आधिकारिक रुपमा सहयोग गरिसकेका छन् । ती बैंकहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० करोड ९४ लाख ८६ हजार रुपैयाँ संकलन गरेका छन् ।  

वाणिज्य बैंकबाट मात्रै ४७ करोड ४८ लाख ११ हजार रुपैयाँ संकल भएको छ भने विकास बैंकहरुबाट ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

देशमा आएको यस्तो विपद्मा सहयोगको लागि बैंकहरुको सक्रियता तारिफयोग्य देखिन्छ । यसले विपद्को समयमा वित्तीय क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई राहत तथा पुनःस्थापनासँग जोड्दै लगेको देखाएको छ ।  

बैंकहरूको आर्थिक सहयोग तत्कालीन उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित आवासको व्यवस्थादेखि दीर्घकालीन पुनःनिर्माणसम्म उपयोग गर्ने उद्देश्य राखिएको छ । सरकारले बाढीपीडितका लागि सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने व्यवस्था गरेको छ ।  

बाढीबाट प्रभावित क्षेत्रमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि थप स्रोत आवश्यक देखिएको छ । यस्तो अवस्थामा बैंक तथा निजी क्षेत्रको निरन्तर सहयोगले प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

वाणिज्य बैंकहरुमा अब चार बैंक सहयोग गर्न बाँकी देखिएको छ । जसमा नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक र सिटिजन्स बैंक रहेका छन् । जसमध्ये नबिल बैंकले चौधरी फाउन्डेशन र नबिल बैंकले संयुक्त रुपमा १५ करोड दिने घोषणा गरेको छ, तर यसको आधिकारिक चेक हस्तान्तरण भइसकेको छैन ।  

साथै नेपाल एबबिआई बैंकले पनि बाढीपीडितहरुका लागि राहत सामाग्री सहयोग गरिसकेको छ, तर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन गरेको कुनै आधिकारिता आइसकेको छैन ।  

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंकले पनि सहयोग गरेको कुनै आधिकारिक समाचार आइसकेको छैन ।  

विकास बैंकहरुमा पनि ७ बैंकले हालसम्म सहयोगको कुनै आधिकारिक सूचना प्रकाशित गरिसकेका छैनन् । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.