मंगलवार, आश्विन २०,२०८३ 05:17:18
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 05:17:18
विनाशकारी बाढीपछि त्रिशूली–३ बी जलविद्युत आयोजनामा क्षति, निर्माण कार्य प्रभावित
Capital Market

विनाशकारी बाढीपछि त्रिशूली–३ बी जलविद्युत आयोजनामा क्षति, निर्माण कार्य प्रभावित

काठमाण्डौ । विनाशकारी बाढीका कारण निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत आयोजनामा उल्लेख्य क्षति पुगेको छ। त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ३७ मेगावाट क्षमताको उक्त आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–४ अन्तर्गत पर्ने क्षेत्रमा बाढीका कारण प्रभावित भएको हो।कम्पनीका अनुसार बाढीका कारण आयोजनाको निर्माणस्थलमा रहेका कार्यालय तथा आवासीय भवनमा क्षति...

बाराही हाइड्रोपावरका संस्थापक पराजुलीले बेच्दै २४ हजार ७८० कित्ता सेयर
Capital Market

बाराही हाइड्रोपावरका संस्थापक पराजुलीले बेच्दै २४ हजार ७८० कित्ता सेयर

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका आधारभूत सेयरधनी लक्ष्मी नारायण पराजुलीले आफ्नो स्वामित्वमा रहेको २४ हजार ७८० कित्ता सेयर बिक्री गर्ने भएका छन्।पराजुलीले उक्त सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएपछि कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई त्यसबारे जानकारी गराएको हो।

अपर तामाकोशीका ४ सञ्चालकको पदावधि समाप्त
Capital Market

अपर तामाकोशीका ४ सञ्चालकको पदावधि समाप्त

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित चार सञ्चालकको पदावधि समाप्त भएको छ।कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाउँदै सञ्चालकहरू सुजना सुवेदी, राजन श्रेष्ठ, हरि प्रसाद भुर्तेल र दिपक कार्कीको चारवर्षे कार्यकाल पूरा भएको जानकारी गराएको हो।

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा शिखर इन्स्योरेन्स
Capital Market

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा शिखर इन्स्योरेन्स

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको बढोत्तरी देखिएको छ । नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.८२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेको छ ।...

नेप्सेमा सामान्य बढोत्तरी, जानकार भन्छन् -बजार फेस्टिभ मुडमा देखियो
Capital Market

नेप्सेमा सामान्य बढोत्तरी, जानकार भन्छन् -बजार फेस्टिभ मुडमा देखियो

काठमाण्डौ । मंगलबारको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४७३.७९ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३५्६ वटा स्क्रिप्टको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा कुल...

लकइनको मुखैमा मिड सोलुको ‘बोनस अस्त्र’,मूल्य उचाल्ने रणनीति ?
Capital Market

लकइनको मुखैमा मिड सोलुको ‘बोनस अस्त्र’,मूल्य उचाल्ने रणनीति ?

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि खुल्न अब चार दिन मात्रै बाँकी रहँदा कम्पनीले आकर्षक बोनस सेयर घोषणा गरेको छ। लाभांश घोषणा भएसँगै कम्पनीको सेयरमूल्यसमेत सर्किट लेभलसम्म बढेपछि बजारमा यसको ‘टाइमिङ’लाई लिएर लगानीकर्ताबीच बहस सुरु भएको छ।कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर...

हाथवेमा संस्थापक सेयर बिक्रीको लहर, ८.८५ लाख कित्ता बेच्ने तयारी
Capital Market

हाथवेमा संस्थापक सेयर बिक्रीको लहर, ८.८५ लाख कित्ता बेच्ने तयारी

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमा रहेको लकइन अवधि समाप्त भएसँगै कम्पनीका आधारभूत सेयरधनीहरू धमाधम आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने तयारीमा जुटेका छन्।लकइन खुलेपछि कम्पनीका आधारभूत सेयरधनीबाट लगातार ठूलो परिमाणको सेयर बिक्री गर्ने पूर्वसूचना आउन थालेको हो। पछिल्लोपटक आधारभूत सेयरधनी अम्बिका शर्मा लामिछानेले आफ्नो स्वामित्वमा रहेको २...

कालंगा हाइड्रोकी सञ्चालक लिम्बूको निधन
Capital Market

कालंगा हाइड्रोकी सञ्चालक लिम्बूको निधन

काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडकी सञ्चालक विद्या लिम्बुको निधन भएको छ । कम्पनीमा जलजला इन्भेस्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गरिरहेकी लिम्बूको असामयिक निधन भएको हो।

राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा भण्डारी
Capital Market

राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा भण्डारी

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले हिक्मत बहादुर भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी दिएको छ।नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको निर्णयअनुसार भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी तोकिएको हो।

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Capital Market

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ ।  कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकको २०८३ भदौ ३१ गते सम्पन्न २०औँ वार्षिक साधारणसभाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो।बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत सेयरधनीको बैंक तथा...

मिड सोलु हाइड्रोपावरले घोषणा गर्‍यो १५ प्रतिशत बोनस सेयर
Capital Market

मिड सोलु हाइड्रोपावरले घोषणा गर्‍यो १५ प्रतिशत बोनस सेयर

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको असोज ५ गते सोमबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नबिल ब्यालेन्स्ड फन्ड–२ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नबिल ब्यालेन्स्ड फन्ड–२ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई घोषणा गरिएको नगद प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।   

डाटा हबको सिस्टम चल्यो, सेयर कारोबार आजदेखि नियमित
Capital Market

डाटा हबको सिस्टम चल्यो, सेयर कारोबार आजदेखि नियमित

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा आजदेखि नियमित सेयर कारोबार पुनः सञ्चालन हुने भएको छ।नेप्सेका ७२ वटा कारोबार सदस्य (ब्रोकर कम्पनी)को डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार पूर्ववत् सञ्चालन हुने भएको हो।

हिमालयन ८०–२० को इकाई मूल्य समायोजन, प्रतिइकाई कति ?
Capital Market

हिमालयन ८०–२० को इकाई मूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ। हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को इकाई मूल्य समायोजन भएको छ ।  

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि लघुवित्तले बिक्री प्रक्रिया अगाडि बढाएको हो। सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ।नेपाल राष्ट्र...

'सिस्टम हाम्रो चलेको छ, कारोबार किन रोकियो ?' नेप्से घेराउ गर्न पुगे १८ ब्रोकर
Capital Market

'सिस्टम हाम्रो चलेको छ, कारोबार किन रोकियो ?' नेप्से घेराउ गर्न पुगे १८ ब्रोकर

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विकास गरेर उपलब्ध गराएको सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) नचलाउने करिब १८ ब्रोकर कम्पनीले सोमबारको कारोबार स्थगन गरिएकोमा गम्भीर आपत्ति जनाएका छन्।छुट्टै टीएमएस सञ्चालन गरिरहेका ती ब्रोकरका प्रतिनिधि सोमबार दिउँसो नेप्सेको कार्यालय पुगेर आफ्नो प्रणालीमा कुनै समस्या नआए पनि अन्य ७२ ब्रोकरको प्रणालीमा आएको समस्याका...

सरकारको कर घटाउने निर्णय राजपत्रमा, सेयर बजारमा लाग्ने सीजीटीमा भारी कटौती
Capital Market

सरकारको कर घटाउने निर्णय राजपत्रमा, सेयर बजारमा लाग्ने सीजीटीमा भारी कटौती

काठमाण्डौ। लामो समयदेखि पुँजीगत लाभकर घटाउन माग गर्दै आएका सेयर लगानीकर्तालाई सरकारले ठूलो राहत दिएको छ। मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्दै अर्थ मन्त्रालयले व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकर (सीजीटी) घटाएको हो।सरकारले नयाँ करका दर राजपत्रमा प्रकाशित गरेसँगै यसअघि निर्णयमा मात्रै सीमित रहेको पुँजीगत लाभकर...

विकास हाइड्रोपावरको वित्तीय क्षमता मध्यम सुरक्षित, रेटिङ ‘BBB-’
Capital Market

विकास हाइड्रोपावरको वित्तीय क्षमता मध्यम सुरक्षित, रेटिङ ‘BBB-’

काठमाण्डौ ।  इक्रा नेपाल लिमिटेडले विकास हाइड्रोपावर कम्पनी लिमिटेडलाई यसअघि प्रदान गरेको निष्कासनकर्ता रेटिङ [ICRANP-IR] BBB- पुनःपुष्टि गरेको छ।इक्रा नेपालका अनुसार उक्त रेटिङ प्राप्त गर्ने निकायहरू वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायमा मध्यम स्तरको क्रेडिट जोखिम रहने रेटिङले संकेत गर्छ।कम्पनीलाई प्रदान गरिएको...

नेप्सेको सिस्टमबारे अन्योल कायमै, भोलिको कारोबार अझै अनिश्चित
Capital Market

नेप्सेको सिस्टमबारे अन्योल कायमै, भोलिको कारोबार अझै अनिश्चित

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा देखिएको समस्या समाधान भएको दाबी गरिए पनि भोलिदेखि सेयर कारोबार सञ्चालन हुने विषयमा अझै अन्योल कायम छ।

एनआरएन भित्र्याउने संघारमा नेप्सेको साइबर सुरक्षा उदाङ्गो !
Capital Market

एनआरएन भित्र्याउने संघारमा नेप्सेको साइबर सुरक्षा उदाङ्गो !

काठमाण्डौ । सरकारले नेपाली पूँजीबजारको दायरा विस्तार गर्दै गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा भित्र्याउने तयारी गरिरहेको छ। तर, यही बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राविधिक प्रणालीमा देखिएको गम्भीर समस्याले नेपालको पूँजीबजारको विश्वसनीयता, साइबर सुरक्षा र पूर्वाधारमाथि नै प्रश्न उठाएको छ।सोमबार नेप्सेको प्रणाली तथा सेयर कारोबारसँग सम्बन्धित सर्भरमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.